सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कास्कीका ढकाल सिफारिस

पोखरा । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कास्कीका देवेन्द्रराज ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

न्याय सेवा आयोगको बुधबार बसेको बैठकले ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

कास्की मादी गाउँपालिकाको हाँडीखोलामा जन्मिएका ढकाल न्याय परिषदमा सचिव थिए । उनी २०५२ मा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका हुन् ।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ ।

मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

यसैगरी न्याय सेवा आयोगले पाँचजना सहसचिवहरूको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल न्याय परिषद सचिवालयमा सरुवा भएका छन् ।

न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्चको सहरजिष्ट्रारमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतको सहरजिष्ट्रारमा सरुवा भएका छन् ।

यसैगरी उच्च अदालत तुलसीपुर नेपालगंज इजलास हाल सर्वोच्च अदालतमा काजमा रहेका रजिष्ट्रार सूर्यवंशी शर्मा कँडेललाई फैसला कार्यान्वयन निर्देशननालयको महानिर्देशकमा सरुवा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button