राष्ट्रियसभाका लागि कास्कीकी गुरुङसहित ९ जनाकाे नाम सिफारिस

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य पदको उम्मेद्वारका लागि कास्कीका एक जनासहित ९ जनाको नाम सिफारिस गरेको छ ।

रिफारिस हुनेमा कास्कीबाट सगुन गुरुङ रहेकी छन् । उनको नाम महिलातर्फबाट सिफारिस भएको हो । उनीसँगै स्याङ्जाकी ईश्वरी सिग्देल आचार्यको नाम पनि सिफारिस भएको छ ।

यस्तै, खुल्लातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ ।

यस्तै, अल्पसंख्यक तथा अपाङ्गतातर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना वरामको नाम सिफारिस भएको एमाले गण्डकीले जनाएको छ ।

गण्डकीबाट खुल्लातर्फ एक, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रका एक र महिला एक गरेर तीन स्थान रिक्त हुन लागेको हो । सो स्थान पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

गण्डकीका लागि नेपाली कांग्रेसले यसअघि नै नाम सिफारिस गरिसकेको छ । कांग्रेसबाट करिब १ सय ६० जनाको नाम केन्द्रीय समितिमा सिफारिस भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button