पोखरा आउँदै गरेको बस खोलामा खस्यो, ३२ जना घाइते

११ जनाको पोखरामा उपचार जारी

पोखरा । वीरगंञ्जबाट पोखरा आउँदै गरेको बस आज बिहान  ४:४० बजे तनहुँमा दुर्घटना भएको छ । सो दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजारमा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भइ सडकबाट ६५ फिट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार घाईतेहरुमध्ये १ जनाको अवस्था गम्भिर, १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।

घाइतेमध्ये बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठको पोखरास्थित पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा र ९ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी २१ जनाको घाइते तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारत भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूमा अन्नपूर्ण गाउँपालिका-६ लुम्ले बस्ने वर्ष ३४ वर्षीय चालक अन्तिम सुनार, सहचालक तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ, तनहुँको म्याग्दे गाउँपालिका-६ खैरेनीटार बस्ने वर्ष ६० वर्षीय जुक्त प्रधान छन्।

यस्तै, भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३०  वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी घाइते भएका छन् ।

त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिकाऔ-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल पनि दुर्घटनामा घाइते भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button