देशलाई खोक्रो पार्ने चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्छ : पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा पूर्वराजा शाहले शीर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि-फेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।

पूर्वराजा शाहले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए ।

उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।

उनले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभूति भएको बताए ।

पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button