तनहुँ भिमादमा रुखबाट खसेर एक जनाको मृत्यु

पोखरा । तनहुँमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ५ मिर्छलुंग आमठाँडाका ६५ वर्षका मनहर्ष राना रहेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरी प्रवक्ता मोहनबहादुर खाँणका अनुसार राना बुधबार बारीमा रहेको रुखमा चढेर दाउरा काट्नेक्रममा खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि भिमाद स्वास्थ्य चौकीमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button