देउसी भैलोको रकमद्वारा छात्रवृत्ति प्रदान

तनहुँ । नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई समितिले दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गत तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट छात्रवृत्ति प्रदान गरिएको इकाईका अध्यक्ष नीलिमा थापा मगरले जानकारी दिइन् ।

ऋषिङ गाउँपालिका वडा नं. ७ की कक्षा ११ मा अध्ययनरत सम्झना आलेलाई ७ हजार २ सय र म्याग्दे गाउँपालिका वडा नं. १ की स्नातक तह प्रथम वर्षका अध्ययनरत विमला मगरलाई ९ हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष मगरले बताइन् ।

नेपाल मगर संघ गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य बुद्ध गर्जा मगर र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले संयुक्त रुपमा छात्रवृत्ति रकम प्रदान गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button