जयशंकरद्वारा पशुपति दर्शन

काठमाडाैँ । भारतका विदेशमन्त्री एस जयशंकर पशुपतिनाथ मन्दिर पुगेका छन् । बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन् ।

उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन् । जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए ।

यसै क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो । जयशंकर आजै १२ बजे भारत फर्कने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button