
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन् ।
सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा भएको आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । आन्दोलनमा भएको झडपमा एक जनाको मृत्यु समेत भएको छ ।





