बेपत्ता पुरुष मृत भेटिए

हुम्ला । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सर्केगाड गाउँपालिका-६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए ।

गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।

हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button