आहा रारा पोखरा गोल्डकपका लागि विभिन्न उपसमिति संयोजक चयन

पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमिति संयोजक चयन गरिएको छ । क्लवको मानार्थ सदस्य, सल्लाहकार सहितको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति संयोजक चयन गरेको हो ।

जसअनुसार अर्थ संकलन उपसमिति संयोजकमा सल्लाहकार सुनिलकुमार गुरुङ, प्रचारप्रसारमा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसी छन् ।

यसैगरी खेल मैदान व्यवस्थापन समिति संयोजकमा सल्लाहकार तोरणबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा सल्लाहकार शम्भु कार्की, आयोजक टिम तयारी उपसमितिमा पूर्वअध्यक्ष वीरभद्र आचार्य, सहभागी टिम सम्पर्कतर्फ पूर्वअध्यक्ष विक्रम थकाली छन् ।

साथै अतिथि सत्कारतर्फ सल्लाहकार गणेशबहादुर भट्टराई, यातायात व्यवस्थापनमा योगेन्द्रबहादुर केसी, संघसंस्था समन्वयतर्फ टीकाबहादुर कार्की, अन्तर्राष्ट्रिय शाखा समन्वयमा निवर्तमान अध्यक्ष हरिराम गुरुङ, प्राथमिक उपचार व्यवस्थापनमा सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक एवं अनुशासनमा संस्थापक अध्यक्ष वसन्त थकाली, सचिवालय, प्रमाणपत्रमा सिल्ड मेडल व्यवस्थापनको जिम्मेवारी पूर्वअध्यक्ष केशवबहादुर थापालाई दिइएको छ ।

यसअघि क्लवको बैठकले अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सस्स्यीय मूल आयोजक कमिटी तथा १०१ सद्स्यीय सल्लाहकार परिषद गठन गरेको थियो ।

प्रतियोगिता संयोजकमा क्लवका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मूल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी चयन भएका थिए ।

माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लवहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button