पोखरामा शनिबार दिनभर बत्ति नआउने

पोखरा । पोखरामा पुस २१ गते शनिबार दिउँसो विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पोखरा-१० अमरसिंहचोकमा एचटी लाईन अन्डरग्राउन्ड कार्य गर्न असहज भएपछि विद्युत प्रवाह रोकेर नै काम गर्न लागिएको हो ।

सो कार्य गर्नका लागि ११ केभी एचटी प्रशारण लाइनको स्थानान्तरण गर्नुपर्ने भएकाले ११ केभी फिडरहरु सटडाउन हुने नेपाल नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

जसअनुसार पोखरा वितरण केन्द्रका अनुसार सेती इन्कमर, फेवा इन्कमर, सिटी फिडर, तातोपानी फिडर अन्तर्गतका क्षेत्रमा बिहान १० देखि दिउसो ४ बजेसम्म विद्यतु सेवा वरुद्ध हुनेछ ।

यसैगरी न्यूरोड फिडर, एयरपोर्ट फिडर र बैदाम फिडर अन्तर्गत बिहान १० देखि मध्यान्ह १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button