डा. गोविन्द केसी पक्राउ

काठमाडौँ । सत्याग्रही एवं मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसी पक्राउ परेका छन् ।

काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्ने क्रममा गोविन्द केसीसहित सात जना पक्राउ परेका हुन् ।

विभिन्न ६ माग राख्दै माइतीघर पुगेका डा. केसीसहित ७ जना पक्राउ परेका हुन् । माइतीघर निषेधित क्षेत्र हो ।

उक्त क्षेत्रमा पुगेपछि डा. केसी पक्राउ परेका हुन् ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्नु पर्ने तथा चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति छिटो गर्नुपर्ने लगायतका माग राख्न पुगेका उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ गरिएका डा. केसी सहितका अभियन्ताहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button