पूर्वराजा ज्ञानेन्द्रले गरे मन्दिरमा पूजा, समर्थकको नारा ‘राजा आउ देश बचाउ’

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वडा ७ स्थित नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन् ।

पुस १ गतेबाट सुरु भएको शिव शक्ति अतिरुद्री महायज्ञमा आज पूर्वराजा शाहले पूजा गरेका हुन् ।

सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए ।

पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए ।

पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए ।

उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button