धादिङ-पोखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजको सातौँ साधारणसभा

पोखरा । धादिङ-पोखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले कल्याणकारी समाजसँग सधैं सहकार्य गर्ने प्रतिवद्दता जनाए ।

उनले समाजले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा पनि गरे ।

धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डेले समाजका लागि कल्याणकारी समाजले गर्ने प्रत्येक गतिविधिमा समाजको साथ रहने प्रतिवद्धता जनाए ।

समाजका पूर्व अध्यक्ष कृष्णबहादुर लम्सालले पोखरामा बसेर जति गरिएको छ त्यतिनै धादिङमा पनि गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा धादिङ समाजका महासचिव हरि पन्त, लायन्सका डिष्ट्रिक्ट को चिफ रामशरण सेडाई, समाजका निवर्तमान अध्यक्ष तेजबहादुर नेपाली लगायतल बोलेका थिए ।

समाजका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गोपाल नेपालीले स्वागत, धन्यवाद ज्ञापन तिलक रोकाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिष्टर नेपालीले गरेका थिए ।

सो अवसरमा उजेली सार्की, चमेली नेपाली र कुलबहादुर नेपालीलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button