सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० पौष २१
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पोखरा । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका वडा नं. १५ का ५७ वर्षका षडानन्द काफ्ले जैसी रहेका छन् ।

प्रहरीका अनुसार कावासोती नगरपालिकाको डण्डा हुँदै गोरसतीतर्फ जाँदै गरेको लु ३ त ४९५५ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु २९ प १५३५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका जैसीको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस