कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

संस्थाको २३औं वार्षिक साधारणसभा तथा अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वर प्रसाद सुवेदी, सचिवमा मिनराज तिमिल्सिना, कोषाध्यक्षमा केशव शरण पौडेल, राष्ट्रिय प्रतिनिधिमा बर्षा केशव पराजुली निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा किरण अधिकारी, दिपक राज घिमिरे, मेनका पौडेल, बृन्दा सुवेदी, कल्पना श्रेष्ठ, जानकी अधिकारी तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा केशव प्रसाद ढकाल साथै सदस्यहरुमा किसान परियार र कृष्ण प्रसाद पोखरेल निर्वाचित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button