पोखरा । मुद्रण उद्योग संघ म्यादीको अध्यक्षमा सन्दिप खत्री निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले खत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, सहसचिवमा भुवन रोका र कोषाध्यक्षमा गोमा भट्टराई निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा लीलानाथ पौडेल, खगेन्द्र थापा, चन्द्रबहादुर भण्डारी र दामु रोका रहेका छन् ।
मुद्रण उद्योग महासंघ गण्डकीका महासचिव मनोहर दाहालले अधिवेशनको उद्घाटन गरेका थिए ।
सो अवसरमा महासचिव दाहालले व्यवसायीबीचको एकता नै अहिलेको आवश्यकता भएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution