पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा वसन्तराज दवाडी निर्वाचत भएका छन् । संघको प्रथम अधिवेशनले दवाडीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितीय उपाध्यक्षमा रनदेवी गुरुङ, सचिवमा शर्मिला शर्मा, सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रीता श्रेष्ठ थापा निर्वाचित भए ।
यस्तै, कार्यसमिति सदस्यमा सविता तामाङ, जिमप्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् ।
अधिवक्ता विष्णुप्रसाद अधिकारी संयोजक र मधु पन्थी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।
संस्थाको प्रथम बैठकले तीन सदस्यीय प्राविधिक समिति गठन गरेको छ । समितिमा विमल अधिकारी, सुशिल गुरुङ र रामराज अधिकारी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution