
झापा । झापाको बिर्तामोड नगरपालिका-२ स्थित चारपाने चोकमा शनिबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कन्काई नगरपालिका-८ का ४४ वर्षीय तोयानाथ उप्रेती रहेका छन् ।
घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन् । दुर्घटनामा परी कन्काई नगरपालिका-५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी-७ का सागर माझी घाइते भएका छन् ।





