ईलेक्ट्रो मेकानिकल संघकोे अध्यक्षमा नकर्मी निर्वाचित

  • पोखरा न्यूज
  • २०८० पौष २२
ईलेक्ट्रो मेकानिकल संघकोे अध्यक्षमा नकर्मी निर्वाचित

पोखरा । ईलेक्ट्रो मेकानिकल संघ नेपालकोे अध्यक्षमा बलभद्र नकर्मी सर्वसम्मत निर्वाचित भएका छन् । संघको २२ औं साधारणसभा तथा दशौँं अधिवेशनले नकर्मीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा माधवप्रसाद तिवारी, महासचिवमा रेशम गुरुङ, कोषाध्यक्षमा सन्दीप पौडेल र सचिवमा सृजन सुवेदी निर्वाचित भए ।

यसैगरी कार्यसमिति सदस्यहरुमा अभिजित देवकोटा, शंकर लिगल, प्रमिला तुलाचन, आश मोहमद मिया, जीवनाथ पौडेल र शेरबहादुर महतो छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता युकदेव गौतमले पद तथा गोपनीयताको सपथ गराएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस