मन्टेसरी एसोसियसनमा अधिकारी निर्वाचित

पोखरा । मन्टेसरी एसोसियसन कास्कीको अध्यक्षमा एन्जल्स मन्टेसरीका संस्थापक प्रिन्सिपल भवानी अधिकारी सर्वसम्मत निर्वाचित भएकी छन् ।

संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले अधिकारीलाई अध्यक्षमा निर्वाचत गरेको हो ।

समितिको उपाध्यक्षमा लिटिल गार्डेन मन्टेसरीका रीतु पौडेल, सचिव हेवन्ली गार्डेन मन्टेसरीका रीतादेवी सुवेदी, सहसचिवमा पोखरा मन्टेसरीका थीरबहादुर थापा थापा र कोषध्यक्षमा बुद्ध मन्टेसरीका अप्सरा गौतम निर्वाचित भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यमा छुनुमुनु किन्डर वर्ल्डका संगीता न्यौपाने अधिकारी, नारायणी कुँवर, मारिया मन्टेसरी गोमा कार्की, मीना सापकोटा, एपेक्स प्रि मन्टेसरी वसन्त न्यौपाने, कल्पना रेग्मी, क्रिस्टल इन्टरनेशनल मन्टेसरीका रीना पौडेल र नन्दा बस्नेत छन् ।

संस्थाको संस्थापक अध्यक्षमा अरुणा शेरचन र निवर्तमान अध्यक्ष साल्भी बास्तोला छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button