
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा-१० उपशाखाको सभापतिमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थाको आठौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उप सभापतिमा पवित्रादेवी गुरुङ, सचिवमा बिनप्रसाद गुरुङ, सहसचिवमा सन्तोष सिग्देल, कोषाध्यक्षमा नरहरि पनेरु र सहकोषाध्यक्षमा होमबहादुर कार्की निर्वाचित भए ।
यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा शान्ती सुवेदी, धनमाया गुरुङ, कृष्ण तिमिल्सिना, किरण प्रसाद भट्टचन र निर्मला श्रेष्ठ छन् ।





