देउसीभैलो खेलेर सरस्वती मन्दिर निर्माण

तनहुँ । व्यास नगरपालिका-१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यामिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ ।

दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो ।

देउसी, भैलोबाट रु दुई लाख तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको उनको भनाइ थियो ।

त्यसैगरी जिल्लाको भानु नगरपालिका-९ स्थित कर्मदा माध्यमिक विद्यालयले देउसी, भैलोबाट उठेको रकमले विद्यालयमा ट्रष्ट निर्माण गर्न लागेको छ ।

देउसी, भैलोबाट रु चार लाखभन्दा बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए ।

विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसी, भैलोमा सक्रिय सहभागिताले भौतिक संरचना निर्माणमा थप ऊर्जा मिलेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button