कास्कीका अधिकारी राष्ट्रियसभाको उम्मेद्वार पक्का !

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० को निर्वाचन माघ ११ गते हुँदैछ । यसका लागि उम्मेद्वारी मनोनयन सोमबार हुँदैछ ।

निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रका साथै राप्रपा र जसपाले टुंगो लगाएपनि संसदको ठूलो दल नेपाली कांग्रेस अझै आन्तरिक रस्साकस्सीमा छ ।

कांग्रेसले पाएको १० सिटमा शेखर-गगन समूहले ४ सिट मागेपछि सभापति शेरबहादुर देउवा निकै दवावमा रहेको बुझिएको छ । सभापति देउवा शेखर-गगन समूहलाई २ दिन दिने मनस्थितिमा छन् ।

कोशी प्रदेशका नेता कृष्णप्रसाद सिटौला पक्का भएको बताइएको छ । सिटौला टिकट लिएर झापा हिँडिसकेको बताइन्छ ।

यस्तै, मधेश प्रदेशमा नेता आनन्द ढुंगानाको नाम पनि टुंगो लागेको छ । बाँकी पाँच प्रदेशमा आन्तरिक भागवण्डा मिलाउन रस्साकस्सी चलिरहेको छ ।

यसैबीच गण्डकी प्रदेशबाट पुराना नेता शोभियतबहादुर अधिकारीको टुंगो लागेको श्रोतले जनाएको छ । तर पुराना नेता स्याङ्जाका गोपालमान श्रेष्ठले दावी नछाडेपछि सभापति देउवा समस्यामा परेका छन् ।

अधिकारी र श्रेष्ठ दुवै देउवा पक्षका हुन् । अधिकारी तत्कालिन नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।

उनी संविधानसभा निर्वाचनमा एमालेका रवीन्द्र अधिकारीसँग पाराजित भएका थिए ।

गण्डकीबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर-गगन समूहले पाउने पक्का भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button