पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले गण्डकीबाट गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारले टिकट पाएका छन् ।
यसअघि कास्कीका शोभियतबहादुर अधिकारी र स्याङ्जाका गोपालमान श्रेष्ठले टिकट पाउने चर्चा थियो । टिकट पाएका श्रेष्ठ र परियार दुवै शेखर-गगन पक्षका हुन् ।
श्रेष्ठले अन्यबाट र परियारले अपाङ्गताबाट टिकट पाएका हुन् । श्रेष्ठ पार्टीको गण्डकी प्रदेश महामन्त्रीसमेत हुन् ।
३ सिटका लागि चुनाव हुने गण्डकीमा माओवादीबाट पर्वतकी मनरुपा शर्माले टिकट पाएकी छन् ।
निर्वाचन अन्तर्गत आज १० देखि ३ बजेसम्म मनोनयन पत्र दर्ताको समय तोकिएको छ ।
राति अबेर भएको सहमति अनुसार कोसीबाट कृष्णप्रसाद सिटौला, मधेशबाट आनन्दप्रसाद ढुंगाना, वागमतीबाट जीतजग बस्नेत र विष्णुदेवी पुडासैनी, लुम्बिनीबाट विष्णुकुमारी सापकोटा, कर्णालीबाट कृष्णबहादुर रोकाया, सुदूरपश्चिमबाट बलदेव वोहोरा र नारायणदत्त भट्टले टिकट पाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution