सुनको भाउ घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८ सय पैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button