सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ गौँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङ रहेका छन् ।

गएराति बा प्र ०३-००१ प ०५०० नं को टिपरले बा५४प ५२६६ नं को मोटरसाइकललाई ठक्कँर दिँदा मोटरसाइकलमा सवार तामाङकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button