पोखरेली साहित्यकार दीपक समीपलाई मकवानपुरमा सम्मान

पोखरा । पोखरेली साहित्यकार दीपक समीप मकवानपुरमा सम्मानित हुने भएका छन् । मुक्तक मञ्च मकवानपुरले साहित्यकार समीपलाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८०’ बाट सम्मानित गर्ने भएको हो ।

‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापित गरेका हुन् ।सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका सोतीपसलमा जन्मिएका साहित्यकार समीप चालिसको दशकको अन्त्यदेखि साहित्य सिर्जनामा लागेका हुन् ।

साहित्य विविध विधा गजल, मुक्तक, कविता, गीत, कथा, लघुकथामा उत्तिकै कलम चलाइरहेका समीपको ‘भूगोलभित्र नकोरिएको देश’ गजल सङ्ग्रह २०६२ सालमा प्रकाशित भइसकेको छ भने ‘अक्षर अक्षरमा देश’ मुक्तक सङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ ।

उनले सौगात द्वैमासिक, नवमाध्यम द्वैमासिक, उत्खनन् सामयिक सङ्कलन, गजल उत्सव समसामयिक गजल सङ्कलनको पनि सम्पादन गरिसकेका छन् ।

उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष, गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष र मुक्तक मञ्च केन्द्रीय समिति पोखराका सल्लाहकार, पुछारसिटे अभियानका सल्लाहकार, लघुकथा प्रतिष्ठान पोखराका सदस्य, नेपाली लेखक संघ गण्डकी प्रदेशका कोषाध्यक्ष र अक्षर यात्राका संस्थापक हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button