राष्ट्रिय भलिवलमा गण्डकी प्रदेश पराजित

  • पोखरा न्यूज
  • २०८० पौष २३
राष्ट्रिय भलिवलमा गण्डकी प्रदेश पराजित

|फाइल तस्बिर

पोखरा । सुर्खेतको वीरेन्द्रनगर जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा समूह बी अन्तर्गत गण्डकी प्रदेश पराजित भएको छ ।

गण्डकीलाई त्रिभुवन आर्मी क्लवले ३-० को सोझो सेटमा हराएको हो ।

आर्मीले गण्डकीमाथि ३१-२९, २५-२१ र २५-२१ को सेटले पराजित गरेको हो ।

यो जितसँगै आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।

समूह बी मा रहेको आर्मीले लगातार तेस्रो जितसहित सेमिफाइनल यात्रा तय गरेको हो ।

यसअघि आर्मीले सुदूरपश्चिमलाई ३-१ र पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० ले पराजित गरेको थियो ।

यसअघि समूह ए बाट एपीएफले पुलिसमाथि ३-१ को जिसहित सेमिफाइनल यात्रा तय गरेको छ ।

समुह ए मा २ विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन् ।

समूह बी मा भने त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् ।

प्रतियोगितामा २ समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस