पोखरा । नेपालमा पहिलो पटक कोभिड-१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन वान भेटिएको छ ।
जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएनवान पुष्टि भएको हो ।
अहिले चीन, भारतलगायत विश्वका केही देशहरूमा कोभिड-१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वानको जोखिम बढिरहेकोले आवश्यक निगरानी एवम् सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution