पोखरा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले वडा तहमा संगठन विस्तारलाई तीव्रता दिएको छ । जसअन्तर्गत पोखरा-५ मा पनि वडा समिति बनाइएको छ ।
पोखरा-५ मा आयोजित भेलाले सूर्य गुरुङको सभापतित्वमा वडा समिति गठन भएको छ । समितिको उपसभापतिमा वीरेन्द्र गुरुङ, सचिवमा महावीर गुरुङ चयन भएका छन् ।
संघको कार्यसमिति सदस्यमा सूर्य गुरुङ, दिपेश गुरुङ, हेम गुरुङ, जगत राना, विमला मुल्मी, नारायणी गुरुङ, लालकुमारी गुरुङ, भावना श्रेष्ठ र पूर्णकुमारी गुरुङ छन् । कोषाध्यक्ष भने समितिको पहिलो बैठकले टुंगो लगाउने बताइन्छ ।
यसैगरी जिल्ला प्रतिनिधिमा अविनाश गुरुङ, राजकुमारी गुरुङ, रमेश श्रेष्ठ, यशोदा श्रेष्ठ, रवि श्रेष्ठ र सृजना श्रेष्ठ छन् भने सल्लाहकारमा लालकाजी गुरुङ, देवी गुरुङ, गणेश गुरुङ छन् ।
भेला उद्घाटन गर्दै नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य रामजी प्रसाद कोइरालाले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीका भातृ संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्कीका महासचिव एवं जिल्ला प्रतिनिधि रीता गुरुङले सबै तहमा संगठन विस्तार गरि महाधिवेशन गर्न लागिएको बताइन् । उनले वडातहमा संगठन विस्तार उत्साहजनक तवरले भएको बताइन् ।
प्रजातन्त्रका सेनानी देवदत्त कोइराला र कांग्रेसका अग्रज व्यक्तित्व डा. झलक कार्कीले मुलुकमा कांग्रेसको विकल्प अन्य कुनै पार्टी नभएको भन्दै पार्टीलाई लोकप्रिय बनाउन सबैले ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (क) का सभापति कृष्ण कोइरालाले लोकतन्त्रवादी महासंघ वडा तहमै संगठित हुन थालेकोमा खुसी व्यक्त गर्दै यसले पार्टी बलियो बन्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (ख) का उपसभापति पार्वतीदेवी कोइरालाले पार्टीको गतिविधिलाई जनतामा पुर्याउने काम भातृ संघसंस्थाले गर्नुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेस पोखरा महानगर समितिका प्रवक्ता धनन्जय पौडेलले संघसंस्थाले पार्टीलाई चुस्तदुरुस्त ढंगले सञ्चालन गर्न मद्धत पुग्ने बताए ।
संघका नवनिर्वाचित सभापति सूर्य गुरुङले पार्टी र महासंघको नीति निर्देशनलाई आत्मसाथ गदै अघि बढ्ने र पार्टीलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
नेपाली कांग्रेस पोखरा-५ का सभापति प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपाल बहादुर थापाले स्वागत र सचिव हरि पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution