गण्डकीमा ह्याण्डबल संघ गठन, अध्यक्षमा पाठक

पोखरा । गण्डकी प्रदेशमा ह्याण्डबल संघ गठन भएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन भएको हो ।

संघको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा वैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे छन् ।

यसैगरी कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङ्जा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत (गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।

यसैगरी केन्द्रीय प्रतिनिधिको रुपमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्र कुमार शेरचनलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक रामबहादुर क्षेत्रीलाई दिने निर्णय भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button