दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना, दुवै चालकको मृत्यु

जनकपुर । महोत्तरीमा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका वडा नं. ३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन् । उनीहरु दुवै मोटरसाइकल चालक भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००४प १८४० नम्बरको पल्सर र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल चालकले एकले अर्कोलाई नदेख्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

मोटरसाइकलका पछाडि सवार भंगहा नगरपालिका-५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव सोही दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button