बागलुङ । बागलुङमा एक महिलाको शव फेला परेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. २ को खोल्टुबोट भन्ने स्थानमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
बडिगाड खोलामा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको प्रहरीको भनाइ छ ।
स्थानीयले मंगलबार बिहान शव देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङमा खकर गरेका थिए ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार विक नेतृत्वमा गएको टोलीले शव निकालेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पुर्याएको छ ।
ती महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।





