
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटनस्थित महिलाहरुद्वारा सञ्चालित नागेश्वर कृषि सहकारी संस्थाको अध्यक्षमा ईन्दिरा आचार्य निर्वाचित भएकी छन् ।
संस्थाको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले आचार्यलाई सर्वसम्मत पुनः अध्यक्ष चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा कल्पना पराजुली बराल, सचिवमा दुर्गा त्रिपाठी र कोषाध्यक्षमा अञ्जु अधिकारी रहेका छन् ।
यसैगरी सञ्चालक सदस्यहरू वसन्ती राना, तीलु बराल, सीता आचार्य, गोमा बराल र शोभा कुमारी राना छन् ।
लेखा तथा अनुगमन समिति संयोजकमा रेखा गुरुङ त्रिपाठी, सदस्यहरु लक्ष्मी बास्तोला र गंगा बराल चुनिए ।
निर्वाचन संयोजक रमेशराज पौडेल र सदस्य मधु बराल रहेको निर्वाचन मण्डलले निर्वाचन गराएको हो ।
सहकारीमा कुल १ सय २० सदस्यहरूबाट ५४ लाख सेयर पुँजी र ५७ लाख ऋण लगानी भएको संस्थाका उपाध्यक्ष कल्पना पराजुली बरालले जानकारी दिइन् ।





