काठमाडौँ । शेयर बजार (नेप्से परिसूचक) मा लगातार दोस्रो दिन खुशीयाली छाएको छ ।
लगातार दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । मंगलबार २०.६२ अंकले बढेको शेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १६५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।
यसअघि सोमबार ३६.५७ अंकले बढेको शेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको थियो ।
त्यस दिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको थियो ।
२१२ वटा कम्पनीको शेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको थियो ।
नेप्सेमा आइतबार भने पहिरो गएको थियो । आइतबार २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution