गण्डकीमा एथ्लेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

पोखरा । गण्डकी प्रदेश एथ्लेटिक्स संघ गठन भएको छ । पोखरामा भएको भेलाले हरि बरुवाललाई संघको अध्यक्षमा चयन गरेको छ ।

संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र ईन्द्रा मल्ल छन् भने महासचिवमा मानबहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणि थापा छन् ।

यसैगरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), ईन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कँुवर (पर्वत), रत्नबहादुर गुरुङ (स्याङ्जा) र विजय खनाल (तनहुँ) रहेका छन् ।

भेलाले केन्द्रीय प्रतिनिधिमा उपाध्यक्ष ईन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button