धर्मस्थलीका विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिइएको छ ।

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको पहलमा लायन्स क्लव अफ पोखरा संगमद्वारा कक्षा ६, ७ र ८ का करिब १ सय ५० विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे जानकारी गराइएको हो ।

कार्यक्रममा वडाध्यक्ष बरालले पछिल्लो समयमा बालबालिकाका लागि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श अनिवार्य दिनुपर्ने बताए ।

बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै वडाध्यक्ष बरालले यस्ता किसिमका कार्यक्रमले समस्या समाधानमा सघाउने विश्वास व्यक्त गरे ।

संगम लायन्सकी पूर्वअध्यक्ष तथा प्रशिक्षक सीता श्रेष्ठले विद्यार्थीलाई मानसिक स्वाथ्यबारे प्रशिक्षण दिएकी थिइन् ।

उनले मानसिक स्वास्थ्यबारे भएका भ्रम, यथार्थता र यसबाट जोगिने उपायबारे विद्यार्थीलाई जानकारी गराएकी थिइन् ।

उनले नकारात्मक कुरा त्यागेर सधैँ सकारात्मक कुरामा मात्र अग्रसर हुन विद्यार्थीलाई आग्रह गरिन् ।

क्लवका अध्यक्ष रोशन बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरकी कार्यपालिका सदस्य एवं वडासदस्य हरिमाया विक, क्लवका सचिव ढाकाराम चापागाइँ, विद्यालयकी प्रधानाध्यापक बदनकुमारी शर्मा लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button