एनप्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा । नेशनल प्याव्सन (एनप्याव्सन) कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

एनप्याव्सन कास्कीको मंगलबार बसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पुर्याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पुर्याएका जर्ज जोनलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

उनीहरुलाई यहि पुस २७ गते एनप्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरिने एनप्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा २०७९ एसइइ र एसएलसीमा एनप्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने एनप्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एनप्याव्सन कास्कीले यस वर्ष पोखरा-१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । त्यस अवसमा एनप्याव्सनका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button