राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश सेमिफाइनलमा

पोखरा । सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

गण्डकीले फाइनल प्रवेशका लागि अब समूह ‘ए’ को विजेता सशत्र प्रहरी (एपीएफ) को सामना गर्नेछ । सेमिफाइनल खेल बुधबार हुनेछ ।

गण्डकी यसअघिका खेलेका ४ मध्ये ३ खेल जितेर सेमिफाइनल पुगेको हो । गण्डकी आर्मीसँग भने सोझो सेटमै पराजित भएको थियो । एपिएफ समूहका सबै खेल जितेर समूह विजेता बनेको हो ।

गण्डकी र एपिएफसँगै नेपाल आर्मी र पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबार नै हुने अर्को सेमिफाइनलमा आर्मीले पुलिसको सामना गर्नेछ ।

बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमिफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् ।

फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button