गण्डकीमा मौसम सफा, मधेशमा हुस्सु

  • पोखरा न्यूज
  • २०८० पौष २५
गण्डकीमा मौसम सफा, मधेशमा हुस्सु

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बिहान गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

बुधबार दिउँसो गण्डकी, कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

राति गण्डकी, कोशी, बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस