पोखरा । पोखरा महानगरपालिकाले २९ गते हिउँदे सभा बोलाइएको छ । त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको छ ।
मंगलबारको कार्यपालिका बैठकमा सभामा प्रस्तुत हुने कार्यसूचीमा सहमति नभएपछि २८ गते बैठक बस्नेगरी स्थगित गरिएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले बताए ।
कर घटाउने एजेन्डा नराखिएपछि बैठक स्थगित भएको बताइन्छ । बैठक स्थगित गरेर कांग्रेसका वडाध्यक्षहरु कास्कीकोट पुगेका थिए ।
पोखरावासीले जननिर्वाचित प्रतिनिधिहरूले कर बढेको बारे कुनै प्रतिक्रिया नदेखाएका आरोप लाग्दै आएको छ । पोखरेलीहरूले दवाव दिएपछि कांग्रेसले कर घटाउने दबाब सिर्जना गर्न आदेश दिएको थियो । कार्यपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्न सुझायो । तर महानगरले उक्त एजेन्डा बैठकमा राखेन । एजेन्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराए र महानगरबाट निस्किए । बैठक सुरु नहुँदै स्थगित भयो ।
‘हामीलाई जनताको ठूलो प्रेसर छ । कर बढेको कुरा साँचो हो । घटाउनका लागि धेरै पटक महानगरको ध्यानाकर्षण पनि गरायौँ,’ कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले भने, ‘मंगलबारको बैठकको एजेन्डा बनाउने सहमति भएको थियो । तर एजेन्डामा परेन ।’ उनले कर घटाउने एजेन्डा नआएसम्म बैठक नबस्ने बताए । ‘कर अत्यधिक बढेको छ । यो घट्नुपर्छ,’ उनले अघि भने ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution