पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
भिमाद नगरपालिका वडा नं. ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा ग१ज ६३५६ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. २का ४२ वर्षका रुमबहादुर विक र ५५ वर्षका जेमलाल दरै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको शुक्लागण्डकीस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका जीप चालकसहित ४ जनाको उद्धार गरि सोही अस्पतालमा उपचार भइरहेको छ ।
६ जना घाइतेलाई थप उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution