गण्डकी प्रदेश पौडी संघ गठन, अध्यक्षमा कुंँवर

पोखरा । गण्डकी प्रदेशमा पौडी संघ गठन भएको छ । संघको अध्यक्षमा आनन्द कुंँवर सर्वसम्मत चयन भएका छन् । अध्यक्ष कुंँवर प्रशिक्षकसमेत हुन् ।

संघको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की छन् ।

यसैगरी कार्यसमिति सदस्यमा जीवन रेग्मी, सूर्यबहादुर सिग्देल, विष्णुप्रसाद पहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी छन् ।

भेलालाई सम्वोधन गर्दै खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाधार निर्माणका विषयमा समेत सरोकारवालाहरुसंँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button