पोखराको पुष्करिणी परोपकार गोकुल धाममा महायज्ञ आजदेखि

  • पोखरा न्यूज
  • २०८० पौष २६
पोखराको पुष्करिणी परोपकार गोकुल धाममा महायज्ञ आजदेखि

पोखरा । राष्ट्रिय परोपकार महासङ्घको आयोजनामा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आजदेखि सुरु हुँदैछ ।

महासंघको १६औं वार्षिकोत्सवको अवसर पारेर आयोजित महायज्ञको लागि सबै तयारी पूरा भएको महासङ्घका संस्थापक भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले जानकारी दिए ।

महायज्ञबाट सङ्कलित दक्षिणा पोखरा महानगरपालिका-१४ बाच्छेबडुवास्थित पुष्करिणी परोपकार गोकुल धाममा सञ्चालनमा खर्च गरिनेछ ।

माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा गौतमले प्रवचन दिर्नेछन् । सो क्रममा हरेक दिन पूजा एवं पाठ पारायण हुनेछ ।

महायज्ञले गौशाला चिनाउने र सञ्चालनार्थ कोष खडा गर्ने गौतमले बताए । महायज्ञबाट गाई संरक्षण गर्ने चेतना जगाउने गौतमको भनाइ छ ।

गाईको अवस्था दयनीय भएकाले महानगरपालिकाको सहयोगमा गौशाला सञ्चालन गरिएको गौतमले बताउनुभयो । गौशाला निर्माणमा हालसम्म २ करोड रुपैयाँ लगानी भइसकेको छ ।

महासंघका संस्थापक अध्यक्ष गौतमले बालआश्रम, गुरुकुल आश्रम, वृद्धाश्रम, गौरक्ष अभियान, कल्पवृक्ष अभियान, जल स्वच्छता अभियान, धर्मशाला अभियान चलाइरहँदा सहकार्यका रुपमा धेरै गौशालासँग जोडिरहेको बताए ।

पछिल्लो समयमा पोखराको समस्याका रुपमा छाडा चौपाय रहेकोमा यसको समस्या समाधानमा धेरै प्रयास भएपनि सार्थकता नपाएपछि आफूहरुले गौशाला निर्माण गरेको बताए ।

बोलेर, भाषण गरेर गफ गरेर मात्र नहुने भन्दै उनले पोखरेली भएको नाताले पनि यो समस्या समाधान गर्नुपर्छ भनेर लागेको र यसमा पोखरा महानगरले सहकार्य गरेको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस