|तस्बिर : फेसबुकबाट
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ कुइँकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकाल रहेका छन्
मोहन्याल गाउँपालिका वडा नं.७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
मोटरसाइकल सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा सो दुर्घटना बताइन्छ ।
नदीबाट मोटरबोटको सहायताले निकालिएको उनीहरूको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution