मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष खड्काको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटनामा परी भीमदत्त नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेन्द्र खड्काको ज्यान गएको छ ।

गएराति वडाकै ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म१प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

राति दुर्घटना भएपनि स्थानीयले आज बिहानमात्रै थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको प्रहरीले वडाध्यक्ष खड्कालाई घटनास्थलमै मृत अवस्थामा फेला परेको थियो ।

उनको शव परीक्षणका लागि अस्पताल लगिएको छ भने दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button