रामकृष्णटोल मिसा पुचः को साधारणसभा तथा विशेष यमोरी कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ स्थित रामकृष्णटोल मिसा पुचः को साधारणसभा तथा विशेष यमोरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले संस्कार र संस्कृति संरक्षणमा वडा कार्यालय सदैव तयार रहेको बताए ।

उनले संस्कृति संरक्षणकै लागि केही अघि यमोरी महोत्सव आयोजना गरिएको उल्लेख गरे । महोत्सवले संस्कृति संरक्षणमा राम्रो सन्देश दिन सफल भएको दावी गरे ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कार र संस्कृति संरक्षणमा रामकृष्णटोलले खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । उनले विशेषगरि नेपाली संस्कृति संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यले नेवारी संस्कृति संरक्षणमा अग्रजहरुको योगदान निकै महत्वपूर्ण रहेको बताइन् ।

संस्थाकी अध्यक्ष भवानी माकाजूले सबै टोलवासीको सहयोग हरेक कार्य सम्भव भएको भन्दै सबैप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा उदार बाल केन्द्रका अध्यक्ष गोमा सुवेदीले नेवारी संस्कृति नेवारको मात्र नभएको भन्दै सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

संस्थाकी अध्यक्ष माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीना लिगलले स्वागत र कार्यक्रम सञ्चालन सहसचिव पार्वती श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा कन्दरा व्याण्डका विवेक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button