आज पनि घट्यो सुनको भाउ

  • पोखरा न्यूज
  • २०८० पौष २६
आज पनि घट्यो सुनको भाउ

पाेखरा । आज पनि स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य १ हजार ४ सय १० रुपैयाँ कायम छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस