मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

पोखरा । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्य अधिकारीलाई पक्राउ परेका छन् ।

उनलाई पोखरा महानगरपालिका वडा नं. १३ कसेरीबाट बुधबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलार्ई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । उनी पोखरा १३ स्थित विजय माविका शिक्षकसमेत हुन् ।

ठगी प्रकरणमा यसअघि पक्राउ परेमा सहकारीका अध्यक्ष रमण पौडेल, कार्याकारी अधिकृत किरण अधिकारीसहित सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल र सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइएका छन् ।

साथै यसै प्रकरणमा जोडिएका सहकारी रजिष्टारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसमेत पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा अधिकांश अझै फरार छन् ।

उनीहरुको विभिन्न तरिकाबाट खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यता, मित्रमिलन सहकारीका पीडितहरुले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सहकारी पीडित मीनबहादुर श्रेष्ठको नेतृत्वमा ४२ जना पीडितको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइएको हो । उनीहरुले आफूलाई पीडा दिने पीडकहरु खुलेआम हिँडिरहेको भन्दै तत्काल पक्राउ गरी कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।

उनीहरुले सहकारीमा अनियमितता भएको बारेमा सहकारी रजिष्टारको कार्यालयमासमेत उजुरी तर कतैबाट पनि न्याय नपाएको दुःखेसो पोखेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button